नेकपा एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने

 #नेकपा एकीकृत समाजवादी     २०७९, ४ श्रावण बुधबार ११:०२     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं,नेकपा एकीकृत समाजवादी पार्टीले वाम एकताको पहल गर्ने निर्णय गरेको छ। पार्टीको ३२औं सचिवालय बैठकले चार बुँदे निर्णय गर्दै वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन्।

उनका अनुसार गत असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को बैठकबाट पारित कार्ययोजना कार्यान्वयन गर्न संगठन सुदृढीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने निर्णय गरेको छ।

त्यस्तै समाजवादसम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय भएको उनले बताए।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा मंगलबार भएको तत्कालीन नेकपाका शीर्ष पाँच नेताहरुबीच पनि पार्टीहरुसँग एकीकरणको सम्भावनाबारे छलफल भएको थियो। फोटो : फाईल