नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । आज एआईजी पोखरेलले राजिनामा दिएका हुन् ।
उनले प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले गत असार ३१ पोखरेलले दायर गरेको रिट खारेज गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएको थियो ।पोखरेलले वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।तर सर्वोच्च अदालतले पनि सरकारको कदमलाई सदर गरेपछी उनले राजीनामा दिने तयारी गरिसकेका थिए। गत वैशाख १८ गतेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वैशाख १९ गते सिंह प्रहरी प्रमुख भएसँगै पोखरेलले बिदामा बसेका थिए ।