काठमाडौं– काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन । परिषद्को शनिबार भएको निर्वाचनको आइतवार बिहान सम्पन्न मतगणनामा अर्का अध्यक्ष पदका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन।
अन्तिम मत परिणामअनुसार अध्यक्ष शर्माले ७७२ मत प्राप्त गरे भने अधिकारीले ५६८ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६), गीता गुरुङ (५७८) र सहदेव धमला (६८३), महासचिवमा राजीव पाण्डे (६८१), सचिवमा रामचन्द्र गिरी (६५३) र कोषाध्यक्षमा पुण्यराम लगेजु (६३४) मत प्राप्त गरी विजयी भए ।
यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला शिम्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी विजयी भए । कूल १५ सदस्यका लागि भएको निर्वाचनमा एक हजार ५९८ मतदातामध्ये झण्डै एक हजार ४०० मतदाताले मतदान गरेका थिए ।