काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको उपसभामुख पदमा विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। बिहीवार दिउँसो भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्। विद्याको प्रस्तावकमा एमालेकी सचेतक शान्त चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्।एमालेले सत्ता गठबन्धन बाहेकका दलका तर्फबाट उम्मेदवार बनाउनका लागि तयारी गरेको भए पनि अन्तत:एमालेकै भट्टराईलाई नै उम्मेदवार बनाएको हो।