काठमाडौं । सरकारले एक वर्षमा गरेका कामहरुको उपलब्धि विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्षमा गरेका केही महत्वपूर्ण कामहरूको सूची सार्वजनिक गरिएको हो । देउवा गएको वर्ष असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको कामहरूको सूचीको पहिलो नम्बरमा पूर्ववर्ती केपी शर्मा ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल’ भएको उल्लेख छ ।
यस्तै, स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रूपमा सम्पन्न, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरूत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलयमान बनाउन सफललगायत विषय समेटिएको छ ।
नागरिकताविहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसद्मा पेस, देउवा सरकार गठनपछि संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता, निरंकुशताको चिन्ता र आशंका अन्त्य भई आशाको रक्तसञ्चारलगायत विषय एक वर्षमा गरेका महत्त्वपूर्ण कामको सूचीमा समेटिएको छ ।
जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक पाँच हजार रुपैयाँ राहत भत्ता, गरिबीको रेखामुनि रहेका बिरामीका लागि ९८ प्रकारका औषधि निःशुल्क, वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखजनालाई रोजगारीको सुनिश्चिततालगायत सरकारको महत्त्वपूर्ण कामहरूको सूचीमा उल्लेख छ ।
यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, दुई देशबीचको सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्बन्ध विस्तार, अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण तथा नेपालका प्रधानसेनापतिको अमेरिका भ्रमण, चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा परराष्ट्रमन्त्री र विदेश विभाग प्रमुखको नेपाल भ्रमण तथा एक चीन नीतिप्रति नेपाल सरकारको प्रतिबद्धता, अन्तरदेशीय प्रसारणलाइन विस्तार गरी भारतमा बिजुली बिक्री सुरुलगायत काम एक वर्षमा गरिएको जनाइएको छ ।
पूर्ण पाठ :