काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाे पक्षकाे केन्द्रीय समिति बैठकमा दुई विकल्प अघि सारेका छन् । मंगलबार जडिबुटीमा शुरू भएकाे बैठकमाले उनले नेताहरूलाई साेधेका छन्, ‘नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने ?
बाबुरामले राजनीतिक प्रतिवदेन पेस गरेका छन् । प्रतिवेदन पेस गर्दै उनले भनेका छन्— दुवै अवस्थामा पार्टीको पुन:गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।
उनले यस विषयमा यही बैठकले निर्णय गर्नुपर्ने पनि बताएका छन् । ‘पहिलो, नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दाेस्रो, विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने भन्नेबारे छलफल गर्नुपर्छ,’ उनले भनेका छन्,’बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुन:गठित पार्टीको घोषणापत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्नेछाैँ ।’ फोटो : फाइल