नेपाल प्रहरीको आईजीपी विवाद मुद्धामा आज जवाफी बहस हुँदैछ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्धामा आज अन्तिम फैसला आउनसक्ने जनाइएको छ ।
मुद्धाको सुनुवाई का.मु. प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाई भइरहेको छ । सरकारले आफू भन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।