प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी राईले पाए

 संवाददाता    २०७९, २३ असार बिहीबार १६:३१     111 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

यसअघि प्रवक्तामा एसएसपी विष्णुकुमार केसी थिए। उनको ठाउँमा हालै डीआईजीमा बढुवा भएका राईलाई नियुक्त गरिएको हो। राई यसअघि प्रहरीको मानब बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत थिए।

नेपाल प्रहरीमा केन्द्रीय प्रवक्ताको जिम्मेवारी कुन दर्जाको अधिकारीलाई दिने भन्ने निश्चित छैन। आईजीपीले आफ्नो तजबिजी अधिकार प्रयोग गरी प्रवक्ता तोक्ने प्रचलन छ। पछिल्लो समय एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइँदै आएकोमा अहिले भने डीआईजीले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।