शहरी विकास मन्त्री मेटमणी चौधरीद्दारा आज जनकपुर बसपार्क निर्माण शिलान्यास हुने

 #नेकपा एकीकृत समाजवादी     २०७९, २३ असार बिहीबार ०८:२०     107 जनाले पढ़िसके



Spread the love

शहरी विकास मन्त्री मेटमणी चौधरी आज जनकपुर जाने कार्यक्रम रहेको छ। उनी सचिवालयको टिम सहित जनकपुर प्रस्थान गर्न एअरपोर्ट प्रस्थान गरेका छन। त्यहाँ आज जनकपुरस्थित जनकपुर बसपार्क शिलन्यास गर्ने कार्यक्रम रहेको उनको निजि सचिवालयले बताएको छ । त्यस्तै उनी जनकपुरको कार्यक्रम पछि सर्लाही जाने पनि कार्यक्रम रहेको छ। सर्लाहीमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीले मन्त्री चौधरीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम राखेको एकीकृत समाजवादीका हरिवन नगरकमिटीका एक सदस्यले बताए। त्यसपछि उनको रौतहट जिल्लाका विभिन्न नगरपालिकाको स्थलगत भ्रमणको कार्यक्रम रहेको उनको सचिवालयले जनायो। उनी जनकपुरका लागि एअरपोर्ट प्रस्थान गरिसकेका छन।