अर्थमन्त्री जनार्दन शर्माले आज संसदलाई आफ्नो कुरा राख्दै भर्खरै राजिनामाको घोषणा गरेका छन। उनले संसदिय छानविन समितिलाई सहयोग गर्ने भन्दै राजीनामा गर्ने घोषणा संसदबाट गरेका हुन।
संसद्मा सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले आफूमाथि प्रश्न उठेकाले राजीनामा दिएकाे बताए ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । अर्थमन्त्रीकाे कार्यशैलीमाथि प्रश्न उठेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राजीनामा माग्दै आएको थियो ।
त्यस्तै, आजै उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।