दुई सहसचिव सचिवमा बढुवा

 संवाददाता    २०७९, २२ असार बुधबार ०९:५८     116 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव डा.गोपी खनाल र डा.दीपक खराललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव बढुवाको सिफारिशमा उनीहरूसँगै सहसचिवद्वय दीपक काफ्ले र नारायण प्रसाद दुवाडीको पनि नाम समावेश थियो । तर, मन्त्रिपरिषद्ले चारमध्ये खनाल र खरालको मात्रै बढुवा स्वीकृत गरेको हो ।