संघ र प्रदेशको चुनाव एकैपटक गर्ने निर्वाचन आयोगकाे तयारी, प्रधानमन्त्रीसमक्ष प्रस्ताव चाँडै लगिने

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, २१ असार मंगलवार २१:११     111 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ । निर्वाचन आयोगले संघ र प्रदेशकाे निर्वाचन एकैपटक गर्ने गरी तयारी गरेकाे छ ।

प्रदेश र संघको चुनाव एकै चरणमा गर्दा खर्च कम हुने विश्लेषण गर्दै आयोगले दुवै तहकाे निर्वाचन एकैपटक गर्ने तयारी गरेकाे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगले तयारीअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव लैजाने तयारी गरेकाे समेत थपलियाले बताए ।

थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता मिति प्रस्ताव गर्ने तयारी गरिएको समेत उल्लेख गरे । कात्तिक महिनामा तिहार र छठ भएकाले मंसिर पहिलो साता चुनाव गर्न सुझाव आएको बताइएको छ ।

आयोगकाे प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि निर्वाचन घाेषणा हुनेछ ।