प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु निजगढमा

 प्रधानमन्त्री     २०७९, १८ असार शनिबार ११:४२     118 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु सो क्षेत्र पुगेका हुन्। प्रधानमन्त्रीसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सो क्षेत्रका निरीक्षण गरेर आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ । फोटो : फाईल