ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिकमत बोहरा उर्फ हिलारीले आफूलाई दुव्र्यवहार गरेको जुरेलीको आरोप छ । रेस्लर अस्मिता जुरेलीले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । आरोपी बोहरा बझाङका हुन् । ललितपुर महानगरपालिका–२२ स्थित फर्सिडोलमा हिलो खेतमा जुरेलीमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए ।