पार्टीभित्रको बहस फुट हैन भन्दै बाबुराम भट्टराईले गरे ट्वीट

 जनता समाजवादी     २०७९, १७ असार शुक्रबार ०९:३२     106 जनाले पढ़िसके



Spread the love

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्रको बहसलाई केवल व्यक्तित्वको टक्करको रूपमा प्रस्तुत गर्नु ठीक नहुने बताएका छन् ।

फुटको संघारमा पुगेको जसपाभित्र बहसको मुद्दा विभिन्न रहेको भन्दै डा. भट्टराईले बहस नै फुट नभएको समत बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्,’पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन !जसपाभित्रको वहसका मुद्दा यी हुन् : क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति?एकल नेतृत्व कि समावेशी सामुहिक नेतृत्व ? विधि संगत कि स्वेच्छाचारी कार्यशैली? बहस नै फुट हैन !’