लमही । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ जाने भएका छन ।
मन्त्री चौधरी आज साँझ नेपालगञ्ज हुँदै देउखुरी जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको शपथ लिएपछि चौधरी आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन जान लागेका हुन ।
नेकपा (एकीकृत समाजवादी) दाङको पार्टी नेतृत्व, पार्टीका साथी तथा शुभेच्छुकहरूसँग पनि भेट गर्ने कार्यक्रम मन्त्री चौधरीको रहेको छ ।
उनले शुक्रबार बिहान दाङका स्थानीय पत्रकारहरूसँग पनि भेटघाट गर्ने छन। चौधरी दाङ क्षेत्र नं. १ बाट २०७४ मा निर्वाचित प्रतिनिधिसभा सांसद हुन।