कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।