डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

 #अपराध     २०७९, १५ असार बुधबार १५:२७     101 जनाले पढ़िसके



Spread the love

डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित भएका छन्। ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बित गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ।

उनले पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यतरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए। कुसुन्तीका घिसिङ आइतबार राति पौने ९ बजे ड्युटी सकेर एक्लै पैदल घर घरफर्किरहेका थिए। ट्राफिक प्रहरीले किन ठोक्किँदै हिँडिरहेको भनेपछि विवाद हुँदा ट्राफिक प्रहरीले बढीबढी कुरा गर्ने भन्दै मुखमा हिर्काएका थिए।

कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो। कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले कारबाहीको प्रक्रिया अघि बढाएको थियो।