नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको साख उँचो बनाउने गरी काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय शान्तिनगरमा बुधवार बोलाएर नेता नेपालले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्री भएपछि कसरी काम गर्ने भनेर प्रशिक्षण दिइएको नेकपा एसका एक नेताले जानकारी दिए । असम्भव र सस्तो लोकप्रियताको कुरा नगर्न अध्यक्ष नेपालले मन्त्रीहरूलाई सुझाव दिएका छन् ।
नेकपा एसका चार मन्त्रीले सोमवार शपथ गरेका थिए । ९ महिनाअघि सरकारमा गएका चार मन्त्री फिर्ता बोलाएर नेकपा एसले भवानी खापुङ, मेटमणि चोधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई सरकारमा पठाएको थियो ।