काठमाडौं- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने तयारी गरेकी छन्। यसका लागि उनले पत्रकार सम्मेलन गर्दै छिन्। उनको दल नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु फिर्ता गर्ने निर्णय गरेको भए पनि मन्त्रिमण्डल हेरफेर नभएको अवस्थामा उनले राजीनामा दिने तयारी गरेकी हुन्।पर्यटन मन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाउँदा झाँक्रीले राजीनामा दिन लागेकी हुन्। यश सँगै शहरी विकास मन्त्रीमा पार्टीबाट सिफारिस भएका सांसद मेटमणी चौधरी र जिवनराम श्रेष्ठलाई मन्त्री बन्ने बाटो खुलेको छ।