नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाण्डाै

 संवाददाता    २०७९, ११ असार शनिबार १८:५०     109 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाण्डौ आइपुगेका छन ।

शनिवार अपरान्ह काठमाण्डौ ओर्लिएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ । काठमाण्डौमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेको बताइएको छ । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको पनि अनुभव छ । राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्ने बताइएको छ । फोटो : भारतीय राजदुतावास