सडकमा उत्रिऔं भने सत्तामा छौं, नउत्रिऔं जनता मारमा छन् : माधबकुमार नेपाल

 #नेकपा एकीकृत समाजवादी     २०७९, ११ असार शनिबार १४:५०     105 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले मूल्य वृद्धिका कारण जनता मारमा परेको बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए।उनले भने,‘सडकमा उत्रीऔं भने सत्तामा आफैँ छौं। नउत्रिऔं मूल्य बढेको छ। मूल्यवृद्धिले जनता आजीत छन्। मूल्य वृद्धि भएको छ भने तुरुन्त छापामार गरेर कारबाही गर्नुपर्छ। पार्टी निर्माण गर्ने भनेको जनता र देशको निम्ति हो। ’ गठबन्धन प्रति केही गुनासा भए पनि गठबन्धन अझै आवश्यक रहेको उनले बताए।