भोलि सांझसम्म केन्द्रीय मन्त्रीमण्डल पुनर्गठन हुने राजेन्द्र पाण्डेको दाबी

 #नेकपा एकीकृत समाजवादी     २०७९, १० असार शुक्रबार १६:०८     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।पार्टी कार्यालयमा पत्रकारले मन्त्रीहरुले फिर्ता हुन नमानेको बारेमा सोधेको प्रश्नको उत्तर दिँदै पाण्डेले भने, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उनले भने , ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ ।’एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । मन्त्री फेर्ने भनेपछि एकीकृत समाजवादीमा विवाद बढेको थियो । १० सांसदले मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।नेता पाण्डेले बजेटबारे छलफल चलिरहेको बेला मन्त्री फेर्ने भनी गरेको निर्णय अपरिपक्क भएकाले सामान्य विवाद आएको बताए ।मन्त्रीबाट फिर्ता गरे पार्टी छाड्छौं भनेर चेतावनी दिएको छन् नि भन्ने प्रश्नमा पाण्डेले भने, ‘उहाँहरूले पार्टी छोड्न सक्नुहुन्न अहिले । छोड्ने ताकत छैन । छोड्न नपर्ने भएकाले छोड्दिउँ-छोड्दिउँ भन्या मात्रै हो ।’