एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्दै

 #नेकपा एकीकृत समाजवादी     २०७९, १० असार शुक्रबार ०९:५०     106 जनाले पढ़िसके



Spread the love

सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो । एकीकृतको केन्द्रीय कमिटी बैठक शनिबार बस्नेछ । १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।