नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस

 संवाददाता    २०७९, ९ असार बिहीबार १२:५१     111 जनाले पढ़िसके



Spread the love

नेपाल प्रहरीका १७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिफारिस हुनेहरुमा बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सिदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरणा राणा रहेका छन् ।