काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराउन लागेकाे पूर्वसञ्चारकर्मी रवि लामिछाने विरुद्ध निर्वाचन आयाेगमा अर्काे पनि उजुरी परेकाे छ । आसन्न प्रतिनिधि सभाकाे निर्वाचनमा काभ्रेपलाञ्चाेक क्षेत्र नं. १ बाट स्वतन्त्ररूपमा उम्मेदवारी दिएका मनाेज पण्डितलगायतले रवि विरुद्ध उजुरी दर्ता गराएका हुन् । पण्डितले भने, ‘हामीले स्वतन्त्र शब्दलाई स्वतन्त्र नै रहन दिनुपर्छ भनेका छाैँ । हाम्राे माग यही हाे ।’यसअघि राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियानका संयाेजक डम्बर शाहू लगायतले पनि साेही प्रकृतिकै उजुरी दर्ता गराएका छन् ।