काठमाडौं विमानस्थल रत्नपार्क होइन, हवाई सेवा बन्द गरे सरकार चुप बस्दैन : उड्डयन प्राधिकरण

 संवाददाता    २०७९, ७ असार मंगलवार १८:४९     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले एउटै विमानस्थलमा सबै जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताएका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले काठमाडौंको विमानस्थल रत्नपार्क नभएकाले सरकारले व्यवस्थित बनाउने प्रयास गरेको बताएका हुन्।

महानिर्देशक अधिकारीले हवाइ सेवा बन्द गरे सरकार चुप नबस्ने समेत उल्लेख गरे। ‘एयरलाइन्स कम्पनीले बन्द गर्ने घोषणा गरेको भन्ने सुनिएको छ। अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन। गरियो भने प्राधिकरण (सरकार) चुप लागेर बस्दैन,’ प्राधिकरणले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले भने।

एउटै ठाउँमा पार्किङ गर्दा असहज भएको भन्दै उनले त्यसको नियन्त्रणका लागि एक तिहाइ जहाज काठमाडौं बाहिर राख्न निर्देशन दिइएको प्रष्ट पारे। उता वायुसेवा प्रदायकहरूले भने क्यानको निर्णय अव्यवहारिक भएको भन्दै उडान बन्द गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। आफूले गर्न नपाउँदा उडानै बन्द गर्छु भन्ने धङ्धङी नदेखाए हुन्छ। प्राधिकरण र वायुसेवा कम्पनी नङ र मासु हुन्। आर्थिक विस्तारका लागि दुवैको उत्तिकै भूमिका छ। उडान बन्द गर्ने निर्णय गलत हो। सानो गल्तीले ठूलो क्षति हुनेछ। जनतालाई दुख परे प्राधिकरण चुप लागेर बस्ने छैन,’ अधिकारीले भने।