प्रधानमन्त्रीले राष्ट्रहित विपरीतको कुनै सम्झौता गर्दिनँ भन्नुभएको छ : माधव कुमार नेपाल

 संवाददाता    २०७९, ५ असार आईतवार १६:५४     100 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितविपरीतको कुनै सम्झौता गर्दिनँ भन्ने आश्वासन दिएको बताएका छन्।

समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले बालुवाटार छलफलमा प्रधानमन्त्रीले राष्ट्र हितविपरीत कुनै हस्ताक्षर नगर्ने स्पष्ट पारेको बताएका हुन्।

‘गृहमन्त्रीले संसदमा यो विषयमा कुरा राखिसक्नु भएको छ। गठबन्धन देशभक्ति र लोकतन्त्रको सवालमा सहमति भएर अघि बढेका छौँ’, उनले भने।

अहिले अर्को पनि गठबन्धन पनि देखिए पनि ती सबै दक्षिणपन्थी मात्रै देखिएको उनले आरोप लगाए। अध्यक्ष नेपालले स्थानीय तह जस्तै संघ र प्रदेश चुनावमा पनि तालमेल हुने बताए।

‘हाम्रो एकता एउटा प्रतिनिधिसभामा दुई प्रदेशसभा हुन्छ। त्यहाँ पनि सन्तुलन मिलाउन सक्छौं। सहमति भएको ठाउँमा सहमति गरेर जान्छौं, नभएको ठाउँमा आफ्नै तयारी हुन्छ’, उनले भने।