दुर्गा प्रसाईको निमन्त्रणामा दुबईका राजकुमार नेपालमा, काठमाडौं ओर्लने वित्तिकै झापातर्फ

 संवाददाता    २०७९, ४ असार शनिबार १६:५४     98 जनाले पढ़िसके



Spread the love

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् ।

उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् । उनी नेपाल आए लगत्तै श्री एअरको चार्टर्ड विमान बाट झापा गएका हुन।

नेपाल भ्रमणकै क्रममा उनले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने जनाइएको छ । उनी शनिबार नै झापा पुगेको पनि जनाइएको छ ।

झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ ।

अस्पताल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याएका हुन् ।

उक्त क्यान्सर अस्पतालको सुभारम्भ भएसँगै नेपालको पूर्वी क्षेत्रका क्यान्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।