बागमती प्रदेशमा सवारी कर यथावत्, फागुनसम्म तिरे दुईपांग्रेको जरिवाना छुट

 संवाददाता    २०७९, २ असार बिहीबार १३:२४     99 जनाले पढ़िसके



Spread the love

बागमती प्रदेशले कर नीतिमा स्थिरता कायम गर्न भन्दै हरेक वर्षजसो बढ्ने घरजग्गा रजिष्ट्रेसन शुल्क र सवारीसाधनमा करको दरलाई यथावत् राखेको छ।

बाहिर दर्ता भई बागमती प्रदेशभित्र सञ्चालित सवारी साधनको अभिलेख र कागजात प्रदेशअन्तर्गत स्थानान्तरण गर्ने प्रक्रियालाई सरलीकृत गरेको उल्लेख रहेको छ। विगतमा सवारीधनीले समयमा दालिखा गर्न नसकेको मोटरसाइकल तथा स्कुटरको कर २०७९ फागुन मसान्तभित्र दाखिल गरेमा जरिवाना छुट दिने व्यवस्था गरेको छ।कति छ वार्षिक सवारी कर?
मोटरसाइलमा १२५ सीसीसम्मका ३ हजार, १२५ देखि १५० सम्मको ५ हजार, १५० देखि २२५ सीसीसम्म ६५ सय, २२५ सीसीदेखि ४०० सीसीसम्मका ११ हजार, ४०० सीसीभन्दा माथि ६५० सम्म २० हजार र ६५० सीसीमाथिका सबैले वार्षिक ३० हजार कर तिर्नुपर्नेछ।

बागमतीमा हजार सीसीसम्मका गाडीमा २२ हजार, हजारदेखि १५०० सम्मका २५ हजार, १५ सयदेखि २ हजारसम्म २७ हजार, २ हजारदेखि २५ सय सीसीसम्मका ३७ हजार, २५ सयदेखि ३ हजार सीसीसम्म ५० हजार, ३ हजारदेखि ३५ सय सीसीसम्मका ६० हजार र ३५ सीसीमाथिकाले वार्षिक ६५ हजार कर तिर्नुपर्ने व्यवस्था गरेको छ।