दाङ – महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ परेकी छन। एकराज बस्नेतको घरभित्रै पसेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ परेकी हुन।
आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उनकी तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन।
मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएकाे थियाे । उपचुनावमा नेकपा एमालेबाट निर्वाचित वली अहिले नेकपा माओवादी केन्द्रमा छिन ।
केही समय पहिले राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।