काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाजलाई मौसममा खराबी हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
कुवेतबाट काठमाडौंका उडान भरेको जहाज आज बिहान भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । जहाज बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो । गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्थ्यो ।