मिटरव्याजी विरुद्धको आन्दोलनका अभियन्ता डाचाराज वाग्लेको मृत्युको उच्चस्तरीय अनुसन्धान गर्न माग

 #माओवादी     २०७९, २७ जेष्ठ शुक्रबार १३:११     90 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद गरिराजमणि पोखरेलले मिटरव्याजीविरुद्धको आन्दोलनका अभियन्ता डाचाराज वाग्लेको मृत्युका विषयमा उच्चस्तरीय अनुसन्धान गर्न माग गरेका छन्। सर्लाहीका वाग्लेको प्रतिगमनविरोधी आन्दोलनका क्रममा रहस्यमय मृत्यु भएको भन्दै पोखरेलले शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘प्रतिगमनविरोधी आन्दोलनका क्रममा उहाँको रहस्यमय मृत्यु भयो। नेपाल सरकारले सिआइबीमार्फत् अनुसन्धान पनि गर्यो, तर अनुसन्धानलाई हेर्दा औपचारिकता पूरा गर्ने खालको मात्र अनुसन्धान भयो,’ उनले भने। मिटरब्याज मधेसको मात्र नभएर देशकै समस्याका रुपमा रहेपनि यसका लागि कानुन, प्रहरी, प्रशासन र अदालत अझै तयार नभएका उनले उल्लेख गरे।सरकारले अपराधको सूचीमा मिटरव्याजीलाई सामेल गरिसकेको अवस्थामा वाग्लेको मृत्युको विषयमा उच्चस्तरीय अनुसन्धान गर्न सांसद पोखरेलले सरकारको ध्यानाकर्षण गराए। फोटो : फाइल