मुग्लिन हुँदै चल्ने सबै गाडी रोकिए : ठूलाे पानी र पहिरो खसिरहेकाले हटाउन समस्या

 संवाददाता    २०७९, २६ जेष्ठ बिहीबार ०९:३२     110 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडक खण्ड ठप्प छ।

पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको त्यहाँ रहेका प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज सुन्जित तामाङले जानकारी दिनुभयो । उनका अनुसार ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ ।

पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै पहिरो हटाउन थाल्ने उनले बताए । ठूलो पहिरो खसेपछि यो सडक खण्ड हुँदै चल्ने गाडीलाई नाका नाकामै रोकिएको छ ।

काठमाण्डौको कलङ्की, थानकोट र नागढुङ्गामा गाडी रोकिएको छ भने मुग्लिन र नारायणगढमा पनि गाडी राेकिएको छ । यस्तै, पोखराबाट काठमाण्डौ छुट्ने गाडीलाई पनि उतै रोकेको प्रहरी निरीक्षक तामाङले बताए ।

यस्तै, गएराति नै चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेपछि मुग्लिन – नारायणगढ सडक पनि बन्द भएको छ । रातिदेखि नै सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । फोटो : फाईल