काठमाडाैँ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आफ्नाे पार्टीकाे तर्फबाट मन्त्री बन्नेहरूकाे नाम टुङ्ग्याएकाे छ । एकीकृत समाजवादीले आइतबार मात्रै संघीय सरकारमा रहेका ४ मन्त्रीहरूलाई फिर्ता बाेलाएकाे थियाे । यसपछि पार्टीले मन्त्रीहरूकाे नाम टुङ्ग्याएकाे हाे ।अहिले सिफारिसमा परेका नेताहरूमा जीवनराम श्रेष्ठ (पर्यटन), शेरबहादुर कुँवर (श्रम), मेटमणि चाैधरी (सहरी विकास), भवानी खापुङ (स्वास्थ्य) र हिरा केसी (स्वास्थ्यराज्यमन्त्री) छन् ।