निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

 #नेकपा एकीकृत समाजवादी     २०७९, २१ जेष्ठ शनिबार १५:२०     89 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । तर, कांग्रेस-माओवादी धोका दिएको भन्‍ने स्वीकार्न तयार छैनन् ।