नेपालगन्ज । नेपालगन्जमा राजा विरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुदा तनावग्रस्त बनेको छ ।
नेपालगन्जको विरेन्द्र चोकमा विहिबार बिहान राजवादी व्यक्तिहरुले विरेन्द्रको सालिक राखेपछि प्रशासनले सो सालिक हटाएपछि विरोध भएको छ ।
ठुलो संख्यामा सुरक्षकर्मी परिचालन गरेर आजै राखेको सालिक हटाइएको थियो । स्वर्गीय राजा विरेन्द्रको सालिक प्रहरीले हटाएपछि त्यसको विरोधमा प्रदर्शन भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
अहिलेपनि प्रदर्शनकारीहरु र प्रहरीबीच झडप जारी रहेको छ । प्रदर्शनका क्रममा भएको ढुंगामुडामा केही प्रहरीहरु समेत घाइते भएका छन् ।
२१औँ पुण्यतिथिको अवसरमा राखिएको शालिक राज्यले बल प्रयोग गरेर निकाल्नु व्यवस्था विरोधी काम भएको राजावादी पक्षका शालिक स्थापना गर्नेहरुले बताएका छन ।