नवनिर्वाचित मेयर बालेन र प्रधानमन्त्री शेर बहादुर देउवा विच भेट

 प्रधानमन्त्री     २०७९, १८ जेष्ठ बुधबार १८:३८     114 जनाले पढ़िसके



Spread the love

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रमुख साहले प्रधानमन्त्री देउवालाई भेटेका हुन्।

भेटमा देउवाले साहको विजयले आफू खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए।

देउवाले भने, ‘तपाईँ ले चमत्कार गर्नुभयो म खुसी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ। मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा नि कांग्रेसको बहुमत छ बिकासको काममा सहयोग हुनेछ।’ प्रधानमन्त्रीले बालेनलाई फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउन र केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबैबाट सहयोग हुने पनि बताएका छन्।