काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाह र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच उनकै निवासमा भेट भएको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षबाट कुनै पनि कुरा बाहिर आएको छैन।
भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर आजै मात्र सार्वजनिक भएको हो। याे तस्बिर एमालेकी सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेपछि दुई पक्षबीच भेटघाट भएको खुलेको हो ।
चुनावको समयमा बालेन पक्षसँग भेट भएको र भेटमा के कस्तो विषयमा कुराकानी भएको हो र के का लागि भएको अझै रहस्यमै रहेको छ।