नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

 संवाददाता    २०७९, १७ जेष्ठ मंगलवार १५:१२     261 जनाले पढ़िसके



Spread the love

कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो।

आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए। प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार कार्यालयले ३ हजार धराैटीमा रिहा गर्न आदेश दिएको हो।

लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मगरले प्रहरीमा उजुरी दिएकी थिइन्।