कबड्डी ४ की अभिनेत्रीविरूद्ध केएल टावर अगाडि प्रदर्शन

 संवाददाता    २०७९, १७ जेष्ठ मंगलवार ११:५९     355 जनाले पढ़िसके



Spread the love

कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ।

मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध प्रदर्शन गरेका हुन्।

कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो।

अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।

पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा उत्रिएका युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए। हाल त्यहाँ ६०-७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ।

तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।