एमाले कार्यकर्ताद्वारा आफ्नै जनप्रतिनिधिलाई कालोमोसो र जुत्ताको माला

 स्थानीय निर्वाचन २०७९     २०७९, १७ जेष्ठ मंगलवार ११:१३     338 जनाले पढ़िसके



Spread the love

काठमाडौं- चुनावमा अन्तर्घात गरेको भन्दै एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुईजना जनप्रतिनिधिलाई कुटपिटसहित भौतिक आक्रमण गरेका छन्।

गएको स्थानीय तह निर्वाचनमा सोलुखुम्बुको सोताङ गाउँपलिका ४ मा एमालेबाट निर्वाचित वडा सदस्य सन्देश तामाङ र वडा नम्बर २ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद राईलाई एमाले गाउँ कमिटी बैठकमा कालोमोसो, जुत्ताको माला र कुटपिटसहित भौतिक आक्रमण भएको हुन्।

चुनावको समीक्षा गर्न डाकिएको बैठकमा तामाङ र राईलाई कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिट गरेका हुन्।

गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा तामाङ र राई कांग्रेसको २५ हजार रुपैयाँ खाएर आफ्ना उम्मेदवारलाई हराएको आरोप एमाले कार्यकर्ताले लगाएका छन्।

एमाले सोताङ गाउँ कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै सोमबार सोताङ गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीप विपरित कांग्रेसलाई भोट हालेको आरोप लगाएका छन्।