विमान दुर्घटना अपडेट : मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइयो

 #दुर्घटना     २०७९, १६ जेष्ठ सोमबार १९:४८     356 जनाले पढ़िसके



Spread the love

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ ।

तारा एयरले विज्ञप्ति प्रकाशित गरी नेपाली सेनाकाे हेलिकोप्टरमार्फत् १० जनाको शव काठमाडौं ल्याइएको जानकारी दिएको हो ।

‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको र एक जनाको शव खोजी भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।