कानुनी बाधा हटाएर निजगढ विमानस्थल अगाडि बढाउन संसदीय समितिको निर्देशन

 #प्रतिनिधी सभा वैठक     २०७९, १६ जेष्ठ सोमबार १६:३०     332 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ । संसदकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निजगढ विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएकाे छ ।

समितिले नेपालकाे हितमा रहेकाे विमानस्थल आयाेजना राेक्नु उचित नभएकाे निष्कर्ष निकाल्दै सरकारलाई यस्ताे निर्देशन दिएकाे हाे ।

लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनैपनि दृष्टिबाट उचित नदेखिएकाले त्यसलाई कानुनी अड्चन हटाएर अघि बढाउनुपर्ने ठहर संसदीय समितिकाे छ ।

त्यस्तै, समितिले बाह्य र आन्तरिक ऋणको बोल बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि गइसकेको अर्बाैं रुपैयाँलाई निरर्थक तुल्याउँदा भने धक्का लाग्ने बताएकाे छ ।

समितिकाे निर्देशनमा भनिएकाे छ, ‘अतः राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’