काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरले लिए सपथ

 बालेन शाह     २०७९, १६ जेष्ठ सोमबार १२:३०     377 जनाले पढ़िसके



Spread the love

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर तथा अन्य जनप्रतिनिधिहरुले सपथ लिएका छन्। उनीहरुले सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा सपथ लिएका हुन्।

मेयर निर्वाचित बालेन शाहले मुख्य निर्वाचन अधिकृत (जिल्ला न्यायाधीश) राजुकुमार खतिवडाबाट सपथ लिएका थिए। उपमेयर सुनिता डंगोलले भने शाहबाट सपथ लिइन्। शाहले पहिले नेपाली भाषामा र पछि नेपाल भाषामा सपथ लिएका थिए। डंगोलले भने सुरुमै नेपाल भाषामा सपथ लिइन्।

यस्तै, अन्य जनप्रतिनिधिहरु वडाध्यक्ष, वडासदस्य (कार्यपालिका सदस्यहरु)ले मेयर शाहबाट सपथ लिए।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका हुन्। उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी हुन्।

वैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम जेठ १२ गते राति सार्वजनिक भएको थियो। मेयरमा बालेन शाहले ६१ हजार ७६७ मत पाएका थिए। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत पाएकी थिइन्।त्यस्तै, उपमेयरमा निर्वाचित सुनिता डंगोलले ६८ हजार ६१२ मत पाइन्। उनको निटक प्रतिस्पर्धी रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।