वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ।