हिउँ परेपछि स्थगित गरियो हराएको विमान खोजी कार्य, अब भोलि मात्रै खोजिने

 संवाददाता    २०७९, १५ जेष्ठ आईतवार १८:४५     326 जनाले पढ़िसके



Spread the love

आइतवार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोजी कार्य हिमपात भएपछि स्थगित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले हिमपात भएपछि विमान खोजीको कार्य स्थगित भएको बताएका छन्।

सम्भावित क्षेत्रमा हिउँ परिरहेको छ, प्रतिकुल मौसमका कारण खोजी कार्यमा परिचालन गरिएको हेलिकप्टर जोमसोम र पोखरामा फिर्ता बोलाइएको छ,’ ठाकुरले भने,’अब आज खोजी कार्यलाई निरन्तरता राख्न सम्भव नभए पछि भोलि बिहानैदेखि खोजी कार्य अगाडि बढाइनेछ।’

तारा एयरको आज बिहान ९:५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।यो जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् । ९:५५ मा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर उडेको विमान १०:०७ देखि सम्पर्कविहीन छ ।