अमलेखगञ्ज–लाेथर र सिलगुढी–चारआली पेट्रोलियम पाइपलाइन विस्तार गरिने

 #प्रतिनिधी सभा वैठक बजेट     २०७९, १५ जेष्ठ आईतवार १८:०८     362 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सरकारले नेपालमा पेट्रोलियम पदार्थको आयात सहज बनाउन पाइपलाइन विस्तार कार्य अघि बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत यस्तो कार्यक्रम अघि सारेको हो ।

सरकारले यसअघि देखि नै अघि सारेको अमलेखगन्ज–लोथर र सिलगुढी(भारत)–चारआली(झापा) पेट्रोलियम पाइपलाइन चालू आर्थिक वर्षमा विस्तार गर्ने मन्त्री शर्माले उल्लेख गरेका छन् ।

सरकारले यसअघि नै भारकाे रक्साैल हुँदै अमलेखगञ्जसम्मकाे पाइपलाइन विस्तार गरेर सञ्चालनमा ल्याइसकेकाे छ ।