काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण गर्ने भएका छन्। महानगरका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यलगायतले शपथग्रहण गर्नेछन्।
सोमबार बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले नवनिर्वाचित मेयर बालेन शाहलाई शपथग्रहण गराउने कार्यक्रम छ। त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिलाई शपथग्रहण गराउनेछन्।राष्ट्रिय सभागृहमा हुने शपथग्रहण कार्यक्रमपछि मेयर शाह र उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन्। महानगरका ३२ वडामध्ये १९ वडाको नेतृत्व नेपाली कांग्रेसले लिएको छ। नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडाको नेतृत्व पाएको छ।