निजगढबारे फैसला अध्ययन गरी आवश्यक निर्णय लिन्छौं: प्रधानमन्त्री देउवा

 प्रधानमन्त्री     २०७९, १४ जेष्ठ शनिबार २०:११     318 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा फैसलालाई अध्ययन गरी आवश्यक निर्णय लिने बताएका छन्।

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसला अध्ययन गरी आवश्यक निर्णय लिइनेछ,’ उनले भने।

सर्वोच्च अदालतले बिहीबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय खारेज गरेको थियो।